काठमाडौं। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा ‘विङ्गर’ले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ।
सोमबार बिहान ७ बजेतिर लालबन्दीबाट यात्रु लिन नयाँ रोडतर्फ गइरहेको मधेश प्रदेश–०३–००१ ज ०३४२ नम्बरको विङ्गरले नोचास्थित छठ घाटमा पूजा गरेर घर फर्किँदै गरेकी स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेललाई ठक्कर दिएको हो।
गम्भीर घाइते भएकी पोखरेलको उपचारका लागि स्वाभिमान अस्पताल हरिवन लगिएको थियो। त्यहाँ चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीका अनुसार गाडीको ठक्करबाट छठघाटस्थलमा सडक सुरक्षार्थ खटिएका ट्राफिक हवलदार सुबोधकुमार यादव घाइते भएका छन्।