पाँचथर। मौसमले निर्माण अवरुद्ध भएका विकासका योजनाहरु यही गठबन्धन सरकारले पुरा गर्ने प्रदेश १ का आर्थिक मामिला मन्त्री ईन्द्र बहादुर आङबोले जानकारी दिएका छन्। उनले सोमबार फिदिममा आयोजित माओवादी केन्द्रको प्रथम नगर अधिवेशनलाई उद्धघाटन गर्दै सो कुरा बताएका हुन्।
पाँचथर विकासका योजनाहरुको फायल पूर्वाधार मन्त्रालयले पन्छाएर यो ईन्द्र आङबोको हो भन्दै नहेरेको कारणले गर्दा विकास अवरुद्ध भएको उनले ओलिलाई आरोप लगाएका छन्। यसैविच आङबोले पाँचथरमा समग्र विकासका लागि १० वर्षे गुरु योजनाको पुस्तक विमोचन गरेका छन्।