काठमाडौं। नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले विभिन्न प्राविधिक पक्षको स्तोन्नति गरिरहेको जनाएको छ ।
स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको लगानीमा सुरु भएको नेपालको पहिलो मनकामना केबुलकार सेवा २६ वर्ष प्रवेश गरिसकेको छ ।
केबुलकार सञ्चालक कम्पनीले मनकामना दर्शन प्रालिले आगामी दिनमा अझ स्तरीय दिने प्रतिबद्धता दिन विभिन्न प्राविधिक पक्षमा सुधार गर्दै उच्चस्तरीय र भरपर्दो सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ ।
अस्ट्रियाको डोपलमेयर कम्पनीको डी कनेक्ट भनिने डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने काम सन् २०२१ मै सम्पन्न गरिसकेको र बाँकी काम आगामी भदौ।असोजमा सम्पन्न गर्ने गरी काम गरिरहेको छ । सोका लागि आवश्यक केही उपकरण आयात भइसकेको कम्पनीले जनाएको छ ।
केबुलकार स्तरोन्नति गर्न करिब ४५ करोड रुपियाँ लगानी हुने बताइएको छ ।
अबको एक वर्षमा मनकामनामा केबुलकार हाताभित्र सुविधासम्पन्न रिसोर्ट पनि तयार भइसक्ने बताइएको छ। स्विमिङ पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेस्टुरेन्टको सुविधा हुने ४० कोठाको रिसोर्ट कम्पनीकै भगिनी संस्था रिसोर्ट बाई मनकामना केबुलकार प्रालिको नामबाट सञ्चालन हुने छ।