काभ्रेपलान्चोक। काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका ११ बानिँयाछापमा आगलागी हुँदा एक घर र एक गोठमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार मङ्गलबार बिहान करिब ३ः५० मा स्थानीय बलराम धिमालको तीन तले कच्ची घरमा अचानक आगलागी भएको जनाएको छ ।
आगलागीको सूचना पाए लगत्तै जिल्ला प्रहरीको टोली तथा धुलिखेल नगरपालिकाको दमकलको सहायताले आगलागी बिहान ६ः५० मा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागी भएको घरमा मानिस नबस्ने भएकोले आगलागीको यकिन कारण खुल्न नसकेको प्रहरीको भनाइ छ।