पोखरा। पोखरा महानगरपालिकाले नियम बिपरित न्युरोडको सडक किनारमा रहेका रुख काट्नेलाई १५ हजार जरिवान गरेको छ ।
महानगरले ग्रिन पोखरा, क्लिन पोखरा अवधारणा अगाडि सार्दै २ लाख वृक्षारोपण गर्ने अभियान अगाडि बढाएको जनाउदै कोहीकसैलाई विना अनुमानि रुख नकाट्न सवैलाई सजग गराएको हो ।
पोखरामहानगर पालिकाका प्रमुखका स्वकीय सचिव पूर्ण लामाले सामाजिक सञ्जाल मार्फत उक्त कुरा शेयर गरेका छन् ।