तुलसीपुर। दाङको तुलसीपुरमा खानेपानी आपूर्तिका लागि निर्माण थालिएको बबई लिफ्टिङ आयोजनाअन्तर्गत पाइप बिछ्याउन सुरु गरिएको छ । हिजोदेखि पाइप विस्तार सुरु भएको हो।
बबई नदीबाट तुलसीपुर बजार ल्याउन लागिएको उक्त पानीका लागि मुख्य लाइनको पाइप विस्तार सुरु भएको हो । त्यहाँबाट टरिगाउँ एयरपोर्टस्थित ट्याङ्की र तत्कालीन अञ्चाल प्रहरी कार्यालय नजिकको ट्याङ्कीमा पानी ल्याइनेछ । त्यसपछि अन्य सहायक ट्याङ्कीमा पानी वितरण हुने बताइएको छ।
पाइप विस्तार कार्यको तुलसीपुर १२ का वडाध्यक्ष खुसीराम चौधरीले शिलन्यास गरे ।