जाजरकोट। कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । कुशे गाउँपालिका–१ स्याग्रीका सुनील बादीकी ३ वर्षकी छोरी रक्षा बादीको चिसोको कारण मृत्यु भएको हो ।
निमोनियापछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको गाउँपालिकाले जनाएको छ । गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएका थिए ।