काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको बताएका छन्।
बुधबार नेपाल मोबाइल वितरक संघको महाधिवेशन उदघाटन गर्दै अर्थमन्त्री शर्माले एमडीएमएस गत साउनदेखि नै लागू गर्ने घोषणा गरिएकोमा अझै लागू नभएको भन्दै तत्काल लागू गर्न दूरसञ्चारको ध्यानाकर्षण गराएका हुन्।
अवैध रुपमा हुने कारोबार र राजश्व चुहावट रोक्न सरकार कडा रुपमा प्रस्तुत हुने मन्त्री शर्माले बताए ।
उनले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीहरुलाई आग्रह समेत गरेका छन् । यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उनले बताए ।