काठमाडौं। शिवम् सिमेन्ट्स लिमिटेडले मकवानपुरको हेटौंडा–१७ हटियामा रहेको लक्ष्मी आधारभूत विद्यालयलाई स्कुल बस प्रदान गरेको छ।
उद्योग तथा खानी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीको पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले विद्यालयलाई सहयोग स्वरुप बस सहयोग गरेको कम्पनीले जनाएको छ।
यसै गरी उद्योगले चितवनको भरतपुर–१५ मंगलपुरमा रहेको विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि स्कुल ब्याग वितरण गरेको छ ।
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत दुवै विद्यालयलाई सहयोग गरेको उद्योगले जनाएको छ ।