काठमाडौं। सिन्धुपाल्चोकमा आगो ताप्ने क्रममा ग्याँस सिलिण्डर विस्फोट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपालीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई एलपी ग्यास सिलिण्डर पड्किँदा उनको मृत्यु भएको हो।
आगलागीबाट लोकबहादुरको पुरै शरीर जलेर घटनास्थलमै नेपालीको हिजो बेलुकी मृत्यु भएको प्रहरीले जनाएको छ।