सिराहा। धनगढीमाई नगरपालिकामा रहेको नयनपुर अस्पतालमा डिजिटर एक्स रे सेवा सञ्चालनमा ल्याइएको छ। नगरपालिकाले आफ्नै स्वामित्वमा चलाइरहेको नयनपुर नगर अस्पतालमा सोमबारदेखि अत्याधुनिक डिजिटल एक्स–रे सेवा सञ्चालन गरेको हो।
२०औँ महिला स्वास्थ्य स्वयंसेविका दिवसको सन्दर्भ पारेर नगरपालिकाले ९ नं. वडास्थित नयनपुर नगर अस्पतालमा डिजिटल एक्स–रे सेवा सञ्चालन थालेको हो।
नगरवासीको आधारभूत स्वास्थ्य सेवामा एक्स–रे सेवा सञ्चालनले महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख शिवशंकर महतोले बताए। आफ्नै ठाउँमा आधुनिक डिजिटल एक्स–रे सेवा सञ्चालन भएपछि न्यूनतम् शुल्कमा सेवा पाउने भएपछि स्थानीय बासिन्दा खुसी भएका छन्।
१९ असार २०७६ सालमा विधिवत् स्थापन गरी नगरपालिकाले आफ्नै स्रोत साधनमा सञ्चालन गरिरहेको अस्पतालमा इमर्जेन्सी, ओपिडी, ल्याब, एम्बुलेन्स, बर्थिङ र सुरक्षित गर्भपतनको सेवा सञ्चालन गरिरहेको छ।