मोरङ। मोरङको विराटनगरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ।
विराटनगरस्थित सातघुम्तीमा रहेको एउटा कवाडी गोदाममा हिजो (बुधवार) दिउँसो आगलागी हुँदा विराटनगर–७ का ३० वर्षीय दिपक मण्डलको घटनास्थलमै र अर्का एकजनाको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। आगलागीमा परेका अन्य ४ जना सिकिस्त छन्।