नुवाकोट। नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिकामा रहेको गणेस्थान स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको छ। सूर्यगढी गाउँपालिका–५ स्थित गणेशस्थानमा गणेस्थान स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको हो।
नवनिर्मित भवनको प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले उद्घाटन गरेका छन्। उक्त भवन एक करोड ८१ लाख रुपैयाँको लागतमा निर्माण गरिएको पालिकाले जनाएको छ।
भवन निर्माण भइ सञ्चालनमा आएसँगै सेवा प्रवाहमा सहज भएको स्वास्थ्य केन्द्रले जनाएको छ।