काठमाडौं। काठमाडौंको गोङ्गबुमा रहेको नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने माग राखिएको छ।
बुधबार एक मलले आयोजना गरेको दशैं, तिहार र छठपर्व लक्षित उपहार योजना वितरण कार्यक्रममा वक्ताहरुले नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने माग राखेका हुन्।
कार्यक्रममा कान्तिपुर मल व्यवस्थापन समितिका महाप्रबन्धक अमर निरौलाले देशको राष्ट्रियस्तरको नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।
उनले भने “नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्नका लागि व्यवसायी तयार छन यसमा राज्यले आवश्यक सहयोग गर्नुपर्छ।” कार्यक्रममा अन्य वक्ताले पनि बसपार्क २४ घण्टै खुला हुनुपर्ने बताए।