काठमाडौं। भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी भएको छ । प्रहरीका अनुसार क्वार्टर भित्र रहेको एक टहरामा आगो लागेको हो ।
त्यहाँ निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको बताइएको छ ।
आगो १०।१५ मिनेटमै नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ । करेन्ट सर्ट भएर आगलागी भएको प्रहरीले बताएको छ। आगलागी भएपछि महानगर प्रहरीको वारुणयन्त्र सहित, प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । ‘मन्त्री क्वाटरभित्रकै अस्थायी टहरामा मात्रै आगलागी भएको हो ।