पोखरा। नेपालकै लामो मानिने बागलुङको बाङ्गेचौर र पर्वतको पाङ जोड्ने गरि कालीगण्डकी नदिमाथि निर्माण भएको पुलबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बागलुङ नगरपालिका–४ रातमाटाका २२ वर्षीय शेरबहादुर थापा हुन्।
बुधबार साँझ ५ः४५ बजे पुलबाट एक्कासी कालीगण्डकी नदि किनारमा खस्दा थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। थापा पुलबाट १३८ मिटर तल कालीमा खसेका थिए । घटना पछि प्रहरी घटना स्थलमा पुग्दा कालीगण्डकी किनारमा खसेका थापाको मृत्यु भएको प्रहरीले बताएको छ।