काठमाडौं। गणतन्त्र कोरियाले साइबर ब्यूरो स्थापना गर्न रु ८० करोड भन्दाबढी आर्थिक सहयोग उपलव्ध गराउने भएको छ।
सहयोगसम्बन्धी सम्झौतामा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का देशीय निर्देशक सुनहुन कोले हस्ताक्षर गरेका छन्।
सहयोग रकम नेपाल प्रहरीको क्षमता अभिवृद्धि, साइबर अपराध विरुद्ध उनीहरूको सशक्तीकरण, साइबर ब्यूरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धान र डिजिटल उपकरण, विधिविज्ञान प्रयोगशाला निर्माणमा खर्च गरिने गृह मन्त्रालयले जानकारी दिएको छ।
कोरिया सरकारले सन् २०४७ देखि नै स्वास्थ्य, व्यावसायिक तालिम, ग्रामीण विकास र सूचना प्रविधिका विभिन्न क्षेत्रमा कोइकामार्फत नेपाल सरकारलाई सहयोग गर्दै आएको छ। यसैगरी कोरिया सरकारले सन् २०४७ देखि नै स्वास्थ्य, व्यावसायिक तालिम, ग्रामीण विकास र सूचना प्रविधिका विभिन्न क्षेत्रमा कोइकामार्फत नेपाल सरकारलाई सहयोग गर्दै आएको छ।