काठमाडौं। आज अमेरिकी डलरको मूल्यसँगै युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य पनि बढेको छ।
हिजो १ अमेरिकी डलरको बिक्री दर १३३.३८ रुपैयाँ र खरिद दर १३२.९५ रुपैयाँ थियो। आज १ अमेरिकी डलरको बिक्री दर १३३.५५ रुपैयाँ र खरिद दर १३२.९५ रुपैयाँ पुगेको छ।
यस्तै, आज १ युरोको बिक्री दर १४६.४४ र खरिद दर १४५.६९ रुपैयाँ रहेको छ। हिजो १ युरो १४५.९३ रुपैयाँमा बिक्री भएको थियो।
हिजो १६८.७९ रुपेैयाँमा बिक्री भएको पाउण्डको मूल्य आज बढेर १६९.०७ रुपैयाँ पुगेको छ। आज १ पाउण्डको खरिद दर १६८.३१ रुपैयाँ रहेको छ।