चितवन। चितवनको भरतपुर महानगरपालिका २ स्थित आँपटारीमा बिजुलीको तार चोर्ने क्रममा करेन्ट लागेर दुई जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेज (सिएमसी)को आइसियूमा उपचार भइरहेको छ ।
आँपटारीका प्रकाश नेपाली र सुनिल खनाल गम्भिर घाइते भएका हुन् । उनीहरुको अनुहार जलेको छ । उनीहरुलाई उपचारको लागि गएराति १ बजे सिमएसी पु¥याइएको थियो ।
करेन्ट प्रवाह भइरहेको तार चोर्ने नियतले तार काट्न खोज्दा दुई जना गम्भीर घाइते भएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ।