जुम्ला। सिञ्जा गाउँपालिका सबै वडामा एक घर एक धारा निर्माणको लागि खानेपानी आयोजना निर्माण हुने भएको छ। १ करोड ७३ लाख ८३ हजार रुपैयाँ लगानीमा खानेपानी आयोजना निर्माणको ठेक्का आह्वान गरिएको हो।
गाउँपालिकाको १ नं. वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया अघि बढेको बताइएको छ। ठेक्काको काम सकिएपछि गाउँमा खानेपानी आयोजनाको काम अगाडि बढ्ने गाउँपालिकाले जनाएको छ।