बर्दीबास। महोत्तरीको गौशाला नगरपालिकाका उपप्रमुख रेणु महतो चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ।
आगजनीबाट प्रदेश २–०२–००१ झ ०००५ नम्बरको सरकारी गाडीको पछिल्लो भागमा क्षति पुगेको प्रहरीले जनाएको छ।
उपप्रमुख महतोको गौशाला १ रामनगरस्थित घर आँगनमा पार्किङ गरिएको अवस्थामा शनिबार राति गाडीमा आगजानी भएको प्रहरीले जनाएको छ।
घरका परिवारले राति करिव २ बजेतिर गाडीमा आगो लागेको देखेपछि इलाका प्रहरी प्रहरी कार्यालयलाई खबर गरेको बताइएको छ।
आगजनी कसले र किन गरेको स्पष्ट हुन सकेको छैन। घटनाको स्थलगत मुचुल्का गरी सघन अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।