बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९ किम्नीस्थित एक घरमा आगलागी भएको छ । विद्युतको तार सर्ट भएर त्रिवेणी नगरपालिका–५ किम्नीकी भरुदेवी बुढाको घरमा आगलागी भएको हो ।
आगलागी हुँदा घरमा रहेको अन्न अनाज लुगा कपडा भाँडालगायत सबै जलेर नष्ट भएको बुढाले बताए।
घरमा भएको खाद्यान्न तथा लुगाफाटो जले पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बुढाको घरमा आगलागी भएको थाहा हुनेवित्तिकै त्रिवेणी नगरपालिकाले खाद्यान्न लुगा कपडा भाँडालगायतको राहत सामग्री पीडित परिवारका लागि उपलब्ध गराएको छ।