धादिङ। जिल्लाको सिद्धलेक गाउँपालिकाले नमुना पशुपन्छी गोठ निर्माणको लागि प्रस्ताव माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै नमुना पशुपन्छी गोठ निर्माणमा सहभागि हुन स्थानीयसँग प्रस्ताव माग गरेको हो ।
गाउँपालिकाको पशु सेवा शाखाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार नमुना पशुपन्छी खोररगोठ निर्माण गर्नका लागि ७० हजार रुपैयाँ अनुदान दिइनेछ । सोका लागि गाउँपालिकाले ५० प्रतिशत अनुदान दिने जनाइएको छ ।
गोठ निर्माण गर्नका लागि १५ वटा माऊ बाख्रा, ५ वटा माउ गाईरभैसी, ५०० वटा उन्नत कुखुरा र लोकल कुखुरा २०० वटा पालन गरेको हुनु पर्ने सूचनामा उल्लेख गरिएको छ ।
इच्छुक कृषि फर्म, कृषि सहकारी, निजि फर्मले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने जनाएको छ ।