नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाल घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले अमिन ढकाललाई चार हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो।
ढकालले जग्गा नापजाँच गरी लालपुर्जा दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना अख्तियारले पाएको थियो।
त्यसपछि खटिएको टोलीले उनलाई बुधबार रकमसहित कार्यकक्ष नजिकबाट पक्राउ गरेको हो।