भोजपुर। भोजपुरको इर्खुवा खोलामा ढलानको तयारीमा रहेको पुल भाँचिएको छ। षडानन्द नगरपालिका वडा नम्बर २ र साल्पा सिलिछो गाउँपालिका वडा नम्बर ३ जोड्ने पुल आज बिहान भत्किएको हो ।
ढलानका लागि छड राखिसकिएको थियो । फर्मा भाँचिएपछि सबै तल खसेको प्रहरीले जनाएको छ। घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
पुल भत्किएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल प्रस्थान गरेको छ ।