काठमाडौं। निर्माणाधीन २२० केभी हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइनका आयोजना प्रमुखको निधन भएको छ।
नेपाल विद्युत प्राधिकरणको निर्माणाधीन उक्त प्रसारण लाइनका आयोजना प्रमुख नरेशकुमार खड्गाको निधन भएको हो।
दुर्घटनामा परेर घाइते भएका खड्गा स्वास्थ्य लाभपछि बुधबार हृदयघातबाट निधन भएको बताइएको छ।
गत कात्तिक २९ गते सिराहाको धनगढीमाई नगरपालिकाको जिरो माइलमा दुर्घटनामा परेका खड्गा निको भइसकेका थिए। उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ।
सप्तरीको राजविराज घर भएको उनको बुधबार नै अन्त्यष्टी गरिएको छ । कात्तिक २९ मा चढेको गाडी पल्टिँदा उनी घाइते भएका थिए । घाइते अवस्थामा उनको विराटनगरस्थित नोबल अस्पतालमा उपचार गरिएको थियो ।
सप्तरी घर भएका खड्गा ११ महिनाअघि प्रमुख भएर हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइनका आयोजनामा गएका थिए ।