काठमाडौं। इजरायलले गाजासहित वेस्ट बैंक क्षेत्रमा पनि गम्भीर मानव अधिकार उल्लंघन गरेको आरोप लगाइएको छ। संयुक्त राष्ट्र संघले वेस्ट बैंकमा इजरायलले गिरफ्तारी, हत्या तथा मानव अधिकार उल्लंघन गरेको आरोप लगाएको हो।
राष्ट्र संघले इजरायललाई गैरकानूनी हत्या रोक्न आग्रहसमेत गरेको छ। संयुक्त राष्ट्रसंघीय मानव अधिकार मामिलाका प्रमुख वोल्कर टर्कले इजरायलले सैन्य शक्तिको अनियन्त्रित प्रयोग गरेको बताएका छन्।
यता इजरायलले मध्य गाजामा स्थलगत आक्रमणलाई तीव्रता दिएको छ। यसअघि दक्षिण गाजाबाट स्थानीयहरुलाई हटाएर स्थलगत तथा हवाई आक्रमण गरी खण्डहर बनाएको इजरायलले मध्य गाजामा शरणार्थी शिविरमा प्रवेश गरी आक्रमण गरेको छ। जसका कारण शिविरमा रहेका झण्डै एक लाख ५० हजार मानिस जबरजस्ती विस्थापित भएका छन्।