एजेन्सी। टर्कीमा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । बिहीबार टर्कीको राजमार्गमा भएको चेन ट्राफिक दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको हो।
दुर्घटनामा अन्य ५७ जना घाइते भएका छन् । राज्य सञ्चालित टीआरटी प्रसारकका अनुसार उक्त दुर्घटना उत्तरी मारमारा राजमार्गमा उत्तरपश्चिमी साकार्या प्रान्त नजिकै भएको थियो । राजमार्गको इस्तानबुल दिशाको दग्दिबी क्षेत्रमा बाक्लो हुस्सुका कारण भएको चेन दुर्घटनामा तीनवटा बस र एउटा ट्रकसहित सातवटा सवारी साधन एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनापछि राजमार्गको इस्तानबुल दिशामा यातायात ठप्प भएको थियो । घाइतेहरूको १० वटा विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।