सिन्धुपाल्चोक। खानेपानीमन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाडौँ पुर्याइने बताएका छन् ।आयोजनाको मुहानस्थल अम्बाथानको अवलोकन गर्दै मन्त्री यादवले माघ पहिलो साता मेलम्चीको पानी काठमाडौँ पुर्याइने बताएका हुन् ।
आयोजनाका स्थानीय भण्डार, सप्लायर्सलगायतको समस्या समाधान गर्ने प्रतिबद्धतापछि अहिले तीव्र गतिमा काम भइरहेकाले तोकिएकै मितिमा पानी उपत्यकामा पुग्ने उनको दाबी छ।
मन्त्री यादवसँगै प्रदेशसभा सदस्य कौशल किशोर राय, खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी, मेलम्ची खानेपानी विकास समितिका सदस्य विष्णुमणि आचार्यलगायतले आयोजनाको मुहानस्थलको अवलोकन गरी जानकारी लिएका हुन्।