पोखरा। पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ तिन जना घाइते भएका छन् ।
पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसले ठक्कर दिँदा फुटपाथ व्यापार गर्दै आएकी भारतीय नागरिक इसरावती कुमारीको मृत्यु भएको हो । कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार बिकका अनुसार बसले ठक्कर दिँदा तिनजना घाइते भएका छन्।
बागलुङबाट पोखरा हुँदै भैरहवा तर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस बिहान ९ बजेतिर ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोकिँदा फुटपाथमा गमलालगायतका सामान व्यापार गर्ने इसरावती घाइते भएपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो।