दमौली। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।
वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस बिहीबार बिहान अनियन्त्रित भई सडकबाट खोलामा खसेको हो।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरीले जनाएको छ। १७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।