एजेन्सी । इरानमा दुईवटा बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या १०३ पुगेको छ। हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुईवटा विस्फोट हुँदा बुधबार कम्तीमा एक सय तीन जनाको मृत्यु भएको हो।
आक्रमणको जिम्मेबारी तत्काल कसैले लिएको छैन । आधिकारिक आइआरएनए समाचार एजेन्सीले यसअघि ७३ जनाको मृत्यु भएको सूचना दिएको थियो । एजेन्सीले आतङ्कवादी विस्फोटमा घाइते भएका मानिसको मृत्यु भएपछि मर्नेहरूको सङ्ख्या बढेर एक सय तीन पुगेको जनाएको छ।
बम विस्फोटमा अन्य एक सय ४१ जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको छ।