काठमाडौं। सरकारले रूस र युक्रेनको श्रम स्वीकृति दिन बन्द गरेको छ। रुस र युक्रेनबीच युद्ध चलिरहेको बेला नेपालीहरु रुसी सेनामा भर्ना भइ दुखद निधन भइरहेकाले श्रम स्वीकृति दिन बन्द गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।
यस विषयमा अध्ययन तथा छानबिन समेत भइरहेको विभागले जनाएको छ। विभागले सूचना जारी गर्दै अर्को व्यवस्था नहुँदासम्मका लागि श्रम स्वीकृति स्थगन गरेको जनाएको छ।
यसअघि यी मुलुकका लागि श्रम स्वीकृति दिँदै आएको थियो। पछिल्लो समय रूसी सेनामा नेपाली युवाहरूले ज्यान गुमाइरहेका छन्।