बझाङ। गएको कात्तिकको पहिलो हप्ता आएको बाढी र पहरोका कारण अवरुद्ध सेती लोकमार्गको जडार थामलेख सडक लगभग डेढ महिनापछि सञ्चालनमा आएको छ। बेमौसमी वर्षासँगै आएको बाढीका कारण क्षतविक्षत भएको उक्त सडकलाई गाउँपालिकाले डोजर प्रयोग गरेर अस्थायी रुपमा सञ्चालन गराएको हो।
खप्तडछान्ना गाउँपालिकामा जडारीगाडमा आएको बाढीले सडक छेउछाउ हुँदै गएको सेती लोकमार्ग अन्तर्गतको मष्टाको पातिहाल्नादेखि कालुखेतिसम्मको सडक अवरुद्ध बनेको थियो। बाढीले अधिंकाश स्थानमा सडक कटान गरेर बगर बगाएको थियो। स्थानीयका अनुसार तत्कालको लागी अस्थायी रुपमा गाउँपालिकाले समस्या टार्नको लागी सडक सञ्चालन गरेको भएतापनि दीर्घकालीन रुपमा बनाउनका लागी ठुलो रकम लाग्नेछ।
अहिले अस्थायी रुपमा बनाएको बाटो मङसिर देखि बैसाख सम्ममात्र सञ्चालन हुने आशा गरिएको छ। उक्त सडक दिर्घकालीन रुपमा बनाउन स्थानीयको माग रहेको छ। महिना दिन सम्म सडक अवरुद्ध हुँदा गाउँपालिकामा दैनिक उपभोग्य वस्तुको अभाव हुनुका साथै भएको उपभोग्य वस्तुको मुल्यसमेत बढेको थियो।
उक्त सडकलाई दिर्घकालीन रुपमा बनाउनका लागी केन्द्रीय सरकारबाट पर्याप्त बजेट विनियोजन गरेर सञ्चालन गर्नुपर्ने बताए।