डोटी। डोटीको बोगटान फुड्सिल गाउँपालिका– १ सिमचौरको सेउडेखेतमा सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गरिएको छ । आइतबारदेखि सेवा प्रारम्भ हुने गरी सेउडेखेत सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गरिएको हो ।
स्वास्थ्य इकाईको स्थापना भएसँगै यहाँका ५९ घर र छिमेकी पालिका बडिकेदारका ५३ सहित १ सय १२ घरपरिवार लाभान्वित हुने भएका छन् । स्वास्थ्य इकाईबाट बोगटानका सेउडेखेत, झ्यामतोला, गुइनडा तथा बडिकेदारका केदारमाण्डौँ, सैनीगाउँ, जैनडा र सिउनाराका बासिन्दा लाभान्वित हुने छन्।
स्वास्थ्य इकाईबाट परिवार नियोजन, आपिडी, पोषण, गर्भवती जाँच लगायतका सेवा समेत प्रदान गरिने बताइएको छ।