चितवन। उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ विजयी भएका छन् । संघको ५७औं साधारण तथा अधिवेशनमा भएको निर्वाचनमा श्रेष्ठ विजयी भएका हुन्।
उनले आफ्ना प्रतिस्पर्धी सिरिष पन्तलाई १५१५ मत ल्याएर हराएका हुन्। पन्तले ८४३ मत प्राप्त गरेका छन्।
संघको वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी १२२२ मतका साथ विजयी भएका छन्। त्यसैगरी उपाध्यक्षहरुमा राजेन्द्र ओली, नारायण प्रधान र अशोक अधिकारी विजयी भए ।
महिला सदस्यमा अस्मिता रिजाल विजय भइन् । उद्योगतर्फका सदस्यमा इमान्दु बराल, उपेन्द्र पण्डित, शंकर अधिकारी, अशोककुमार श्रेष्ठ, धनप्रसाद पोखरेल, पूर्णिमा जोशी श्रेष्ठ विजयी भए ।
वाणिज्यतर्फ गुणराज पौडेल, दाताराम घिमिरे, दीपा शाही, श्रीकृष्ण लम्साल, सन्तोषजनक भुषाल सुनिता लिगल कर्माचार्य विजयी भए ।