एजेन्सी। रुसको नोर्डस्टार एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७३७-८०० यात्रुवाहक विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको छ।
मङ्गलबार साइबेरियाको नोरिल्स्क विमानस्थलमा विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको हो।
घटनामा कोही घाइते नभएको र खासै ठूलो क्षति नपुगेको स्थानीय अधिकारीहरूले बताएका छन्।
संघीय हवाई यातायात एजेन्सीले जनाए अनुसार सो विमान बिहान १० बजे अवतरण गर्ने क्रममा धावन मार्गमा चिप्लिएको थियो। उक्त विमानमा चालक दलका आठ सदस्य र १६८ जना यात्रुसहित १७६ जना सवार थिए।