काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाका करार सेवाका सब इन्जिनियरसहित दुई जनालाई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ । नगरपालिकाका सब इन्जिनियर टिकाराज राईसहित दुई जनाले घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।
सब इन्जिनियर राई र ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध घुस लिई भ्रष्टाचार गरेको आरोपमा मङ्गलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगले जनाएको छ।
घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिएका टोलीले राईलाई सेवाग्राहीबाट लिएको ८० हजार घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।