पोखरा। दुई करोडको लागतमा गाईगोठको भौतिक संरचना निर्माण भएको छ । गत चैतदेखि पोखराको पुरानो ल्याण्डफिल्ड साइडमा गाई (गौमाता) संरक्षण अभियान राष्ट्रिय परोपकार महासंघ सुरु गरेसँगै हालसम्म करिब दुई करोडको लगानी भएको हो।
पोखरा महानगरको समन्वयमा पोखरा–१४, पुष्करिणी परोपकार गोकुलधाम पोखरा–१४, वाच्छिबुडुवामा पोखराका सडक क्षेत्रमा छाडिएका गाईको दिगो रुपमा व्यवस्थापन गर्न सुरु भएसँगै छाडाछोडिएका गाईबाट हाल दैनिक ५० लिटर दुध उत्पादन हुने गरेको बताइएको छ।
गत वर्ष पोखरा महानगरले उक्त अभियानका लागि छाडा चौपाय संरक्षण गर्न ५० लाख बजेट विनियोजन गरेको महानगरले जनाएको छ।