एजेन्सी। भारतको उत्तर प्रदेशमा पर्ने अमरोहा जिल्लाको एउटा गाउँमा एकै ठाउँ पाँच बालबालिकाको मृत्यु भएको छ। ढाका गाउँमा कोठमा बालिएको कोइलाका कारण निसासिएर पाँच जना बालबालिकाको मृत्यु भएको हो।
बीबीसी हिन्दीका अनुसार प्राथमिक रूपमा कोठामा अक्सिजनको अभाव भएका कारण निसास्सिएर पाँच बालबालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा दुई बालक र तीन बालिका छन्। बाँकी दुई जनालाई भने अस्पताल लगिएको छ।
कोठामा जलेको कोइलामा खाना पकाएर सोही कोठामा सात जना सुतेका थिए। सात जनामध्ये पाँच जनाको कोठामै मृत्यु भएको हो।