काठमाडौं। मुक्तिनाथ केबल कार निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकनसहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगानी बोर्डमा बुझाइएको छ। मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले बुधबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई नयाँ डीपीआर बुझाएका हुन्।
कम्पनीले गत जेठबाट वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु गरेको थियो।
कास्कीको सेराबेसीबाट मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकै रानीपौवासम्म केबलकार सञ्चालन गर्ने कम्पनीको योजना छ।
८१.०१४ किलोमिटर लामो केबलबार निर्माणका लागि ५५ अर्ब १८ करोड रुपैयाँ खर्च हुने अनुमान डीपीआरमा गरिएको छ।