कैलाली। कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान श्रीमतीकै मृत्यु भएको छ। मोहन्याल गाउँपालिका–७ को कुइने(चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा बुधबार साँझ दुर्घटना हुँदा दम्पतीकै मृत्यु भएको हो।
मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा रहेको प्रहरीले जनाएको छ ।
अछामबाट बर्दियाको भुरीगाउँ जाने क्रममा भे१३प १०७४ नम्बरको उनीहरुको मोटरसाइकल साँझ ७ बजेतिर सडकबाट करिब दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो ।
नदीबाट उनीहरूको शव मोटरबोटको सहायताले निकालिएको छ । मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।