कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडाध्यक्ष मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खड्का आज बिहान मृत अवस्थामा भेटिएका हुन् ।
म१प ४८५२ नम्बरको मोटरसाइकल चढेका खड्का आज बिहान मोटरसाइकलसहित मृत भेटिएको प्रहरीले जनाएको छ।
वडाध्यक्ष थापा दुर्घटनाग्रस्त अवस्थामा देखेपछि स्थानीयले बिहान प्रहरीलाई खबर गरेका थिए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।