एजेन्सी। अमेरिकी नौसेनाको हेलिकप्टर दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको छ । अमेरिकी नौसेना कमाण्डरले एमएच–६० आर हेलिकप्टर शुक्रबार साँझ ६ः४० बजे दक्षिणी क्यालिफोर्नियामा दुर्घटनामा परेको हो।
हेलिकप्टर दुर्घटना भए पनि चालक दलका सबै सदस्य बाँच्न सफल भएको अमेरिकी सेनाका प्रवक्ताले पुष्टि गरेका छन् ।
न्युयोर्क पोस्टको रिपोर्टका अनुसार हेलिकप्टरमा जम्मा ६ जना सवार थिए । सेनाका प्रवक्ताले हेलिकप्टरमा रहेका चालक दलका सदस्यहरु घाइते भएको तर अहिले उनीहरूको अवस्था खतरामुक्त रहेको बताए ।