काठमाडौँ। बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) को अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त भएका छन्। पौड्याललाई परिसंघको १५औं बैठकले अध्यक्षमा चयन गरेको हो ।
निवर्तमान अध्यक्ष पवन गोल्यानको राजीनामासँगै रिक्त हुन आएको उक्त पदमा पौड्याल चयन भएका हुन् ।एनएमबी बैंकको सञ्चालकबाट अलग हुन थालेको भन्दै निवर्तमान अध्यक्ष गोल्यानले अध्यक्ष पदबाट राजीनामा दिएका थिए । संस्थाको विधानको भावना र मर्मलाई आत्मसाथ गर्दै पदीय आचरण र नैतिकताका आधारमा गोल्यानले अध्यक्ष पदबाट राजीनामा दिएको बताइएको छ ।
निवर्तमान अध्यक्ष गोल्यानकै विशेष अगुवाईमा वि।सं। २०७६ मा सीबीफिन स्थापना भएको थियो । गोल्यान यो संस्थाका संस्थापक अध्यक्ष हुन् । अध्यक्ष पौड्याल भने विगत तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन् ।