काठमाडौं। मुग्लिन–नारायणगढ सडक अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुल नजिकैबाट गाडी त्रिशूली नदीमा खसेको छ।
गाडी खसेको जानकारी बिहान ४ बजेतिर पाएपछि गोताखोरको टोलीले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। सूचना पाएपछि घटनास्थलमा पुग्दा पानीभित्र गाडीको बत्ती बलिरहेको देखिएको प्रहरीले बताएको छ। त्यसपछि गोताखोरको टोली बोलाएर गाडी निकाल्ने प्रयास भइरहेको छ।
अहिले गोताखोर टोलीले अहिले डुबेको गाडीमा डोरी बाँधेको छ। केहीबेरमा गाडी बाहिर निकाल्ने मुग्लिन प्रहरीले जनाएको छ। बोलेरो जीप रहेको र गाडी भित्र मान्छे नभेटिएको बताइएको छ।