काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङमार्फत आइपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ।
कम्पनीले पहिलो चरणमा संस्थागत लगानीकर्ताहरुका लागि आइपीओ बिक्री खुलाउने भएको हो। संस्थागत लगानीकर्ताले माघ १० बाट १४ गतेसम्म बोलकबोल प्रक्रियामार्फत आवेदन दिनु पर्नेछ।
कम्पनीको जारी पुँजी १ अर्ब ९० करोड छ। कम्पनीले यसको १०।१४ प्रतिशतले हुन आउने १९ लाख २६ हजार ६०० कित्ता सेयर बुक बिल्डिङमार्फत निष्कासन गर्ने भएको हो। उक्त सेयरमध्ये ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६४० कित्तामा योग्य संस्थागत लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन्।
बोलकबोलका लागि ६०८ रुपैयाँ देखि ९१२ रुपैयाँ मूल्य निर्धारण गरिएको छ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६।८८ वर्ष छ। डिस्काउन्ट लगानी फिर्ता हुने अवधि १०।७४ वर्ष छ।