कास्की। पोखरा महानगरपालिका–२० भलामखोरका सम्पूर्ण घरमा खानेपानी सुविधा पुगेको छ। इक्राघारी बिचारी खानेपानी आयोजना निर्माण भएसँगै सो क्षेत्रका बासिन्दालाई पानीको सुविधा पुगेको हो ।
उक्त खानेपानी आयौजना एक करोड १९ लाख ३२ हजार ८०० रुपैयाँको लागतमा निर्माण भएको हो। आर्थिक वर्ष २०७७।७८ मा निर्माण सुरु गरिएको उक्त आयोजनाअन्तर्गत एक हजार ७०० मिटर परको जङ्गलबाट दुई इञ्चिको पाइपबाट ल्याइएको पानी विभिन्न स्थलमा निर्माण गरिएका तीनवटा ट्याङ्कीमा सङ्कलन गरी उपभोक्ताका घर घरमा पानी पुर्याइएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ।
प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले सो आयोजना शुभारम्भ गरेका हुन्।