काठमाडौं। भंगहा–जयनगर रेलमा सवार एक यात्रुको मृत्यु भएको छ।
मंगलबार बिहान ९ बजेतिर महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डितको मृत्यु भएको धनुषाका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पण्डित भंगहाबाट जयनगरतर्फ जान लागेको रेलमा लोहारपट्टीमा चढेका थिए। रेलका कर्मचारीले टिकट जाँच गर्न जाँदा अचानक रेलको डिब्बाभित्रै लडेर उनको मृत्यु भएको हो।
उनको हृदयघातका कारण मृत्यु भएको अनुमान गरिए पनि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।