मुगु। मुर्मा गाँउका स्थानीयबासीको घरघरमा खानेपानीका धारा सञ्चालनमा आएका छन्। यूएसयआईडी कर्णाली जल परियोजनाको ५१ लाख २१ हजार रुपैया, छाँयानाथ रारा नगरपालिकाको ३२ लाख २७ हजार रुपैया र समुदायको १३ लाख ६२ हजार गरी जम्मा ८६ लाखमा उक्त आयोजना सम्पन्न भएको हो ।
खानेपानीका धारा घरघरमा आएपछि स्थानीयबासी खुसी भएका छन् । गाउँदेखि दुई घण्टा टाढाबाट पानी बोकेर खाँदै जीवन बिताउन बाध्य भएका थियौं आजभोलि घरघरमा धारा आउँदा खुशी भएको स्थानीयले बताए।